रियल मड्रिड गएपछि जोभिचको लोकप्रियता इन्स्टाग्राममा ह्वात्तै बढयो

फ्रयांकफर्टबाट रियल मड्रिड पुगेपछि स्ट्राइकर लुका जोभिचले सामाजिक सञ्जाल इन्टाग्राममा तस्वीर अपलोड गरेर खुशी मनाएका छन्। रियालसँग ६ वर्षको सम्झौता गर्दै मंगलबार अुनबन्धित भएका जोभिचको पहिचानसँगै सामाजिक सञ्जालमा फलोअर पनि ह्वात्तै बढेका छन्।

मंगलबार रियलको खेलाडीको रुपमा घोषणा हुनुभन्दा अघिसम्म जोभिचको इन्स्टाग्राममा ४ लाख ७० हजार फलोअर थिए। तर रियलको खेलाडीको रुपमा घोषित भएपछि बुधबार बिहानसम्म त्यो संख्या बढेर ७ लाख ९७ हजार पुगेको छ। यो संख्या निरन्तर बढिरहेको नै छ।

फ्रयांकफर्टका लागि ४८ खेलमा २७ गोल गरेका जोभिचले सर्बियाली राष्ट्रिय टोलीबाट ४ खेल खेलेका छन्। युइएफएको युरोपा लिग वर्ष टोलीमा समेटिएका जोभिचले प्रतियोगितमा यो वर्ष १० गोल गरेका थिए। फ्रयांकफर्ट प्रतियोगिताको सेमिफाइनलमा इङ्लिस क्लब चेल्सीसँग पेनाल्टीमा पराजित भएको थियो।

उनलाई कति पैसामा किनेको भन्ने कुरा दुवै क्लबले गोप्य राखेका छन्। तर ५ करोड पाउन्डमा उनलाई भित्र्याइएको चर्चा रहेको छ।

फ्रयांकफर्टले अप्रिलमा उनलाई अनुबन्ध गर्न अप्रिलमा ६२ लाख पाउन्ड खर्चेको थियो।