रियल मड्रिडले हामेस रोड्रिग्वेजलाई नापोली पठाउने तयारी

रियल मड्रिडले हामेस रोड्रिग्वेजलाई नापोली पठाउने भएको छ। जर्मन क्लब बार्यनमा लोनमा रहेका रोड्रिग्वेजलाई रियलले नापोली पठाउन लागेको समाचार इटालियन पत्रिका ‘ला रिपब्लिका’मा प्रकाशित भएको छ।

२८ वर्षीय रोड्रिग्वेज सन् २०१७ देखि बार्यनमा लोनमा खेल्दै आएको थियो। इटालियन पत्रिका “ला रिपब्लिका” प्रकाशित समाचार अनुसार रोड्रिग्वेजको दुबै क्लव बिच सहमति भइसकेको भनिएको छ।

अहिले दुबै क्लवले केहि बताएको छैन्। अगष्ट १५ पछि मात्रै खुलासा गर्ने समाचारमा जनाइएको छ।

रोड्रिग्वेजलाई रियल मड्रिडले मोनाकोबाट किनेको थियो।
बार्यनबाट लोनमा फर्किए पनि पछिल्लो समय उनी प्रशिक्षक जिदानको रोजाइमा नपरेको बताईरहेको थियो।