रियल मड्रिडले भित्र्याए म्यान्चेस्टर सिटीका ब्राहिम डियाज

म्यानचेस्टर सिटीका युवा खेलाडी ब्राहिम डियाज स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका छन् । रियलले १९ बर्षे डियाजलाई साढे ६ बर्षको लागि क्लबमा अनुबन्ध गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएको छ ।

स्पेनिस युवा मिडफिल्डर डियाजलाई १५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । रियलले डियाजलाई सोमबार सार्वजनिक गर्ने जनाएको छ ।

स्पेनिस यू-२१ टिमका सदस्य डियाज सन् २०१३ मा १४ बर्षको उमेरमा स्पेनिस क्लब मालागाबाट सिटी गएका थिए । उनले सिटीका लागि १५ खेल खेलेका थिए ।