रियल मड्रिडले भित्र्याए रोड्रीगो; भोलि सार्वजनिक गर्ने

रोड्रीगो गोजलाई रियल मड्रिडले अनुबन्ध गरेको छ ।१८ बर्षीय फरवार्ड रोड्रीगोलाई रियलले ब्राजिलियन क्लब सान्टोसबाट क्लबमा अनुबन्ध गरेको हो ।

रोड्रीगोलाई रियलले ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई अनुबन्ध गर्न रियल र सान्टोसबीच गत वर्ष नै सहमति भएको थियो ।

रियलले रोड्रीगोलाई मंगलबार सार्वजनिक गर्ने जनाएको छ ।

रोड्रीगो ब्राजिलको यू-२० टिमको महत्वपूर्ण सदस्य हुन् । उनले ब्राजिलको यू-१७ राष्ट्रिय टोलीबाट समेत खेलेका छन् ।