रियल मड्रिडले एम्बाप्पे भित्र्याउन नसके नेयमार भित्र्याउने

रियल मड्रिडले अगस्ट महिनाभित्र किलयन एम्बाप्पेलाई भित्र्याउन नसकेमा सन् २०१९ मा नेयमार ल्याउन सक्ने देखिएको छ । शुक्रवार ट्रान्सफर विन्डो बन्द हुनुअघि लोस ब्लान्कोस भनिने रियालले फ्रान्सेली सुपरस्टार एम्बाप्पेलाई भित्र्याउने आशा गरिरहेको छ ।

कसैगरी एम्बाप्पेलाई ल्याउन नसकिएमा उनकै क्लबका अर्का खेलाडी नेयमारलाई ल्याउन क्लब लागिपर्ने बताइएको छ । रियालका प्रशिक्षक युलेन लोपेतेगुईले क्रिस्टियानो रोनाल्डोको ठाउँमा खेल्नका लागि खेलाडी खोजिरहेका छन् ।