फाइनान्सियल फेयर प्ले नियमका कारण एमबाप्पे रियल मड्रिड जान सक्ने

रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने सम्भावना बढेको छ । क्रिस्टियानो रोनाल्डो युभेन्टस गएप्छि रियलले उनको विकल्प खोजिरहेको छ ।

ट्रान्सफर विन्डो एक साता मात्रै बाँकी रहँदा रियलले एमबाप्पेलाई अनुबन्ध गर्ने सम्भावना जिवितै रहेको बताएको छ । गत बर्ष अगस्ट ३१ मा एमाबाप्पे १६२ मिलियन पाउण्डमा मोनाकोबाट लोनमा आएका थिए । यो सिजन पिएसजीले एम्बाप्पेको ट्रान्सफर शुल्क मोनाकोलाई तिर्नुपर्नेछ ।

तर नेयमारलाई गत सिजन १९८ मिलियन पाउण्डमा अनुबन्ध गरेका कारण यूइएफले पिएसजी माथि फाइनान्सियल फेयर प्ले नियम उल्लंघन गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।
यदी आरोप प्रमाणित भए पिएसजीले प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ । जसको फाइदा रियलले उठाउन सक्नेछ । पिएसनीले अगस्ट ३० ९ट्रान्सफर विन्डो बन्द हुने अघिल्लो दिन०सम्म यूइएफएले पिएसजी माथिको छानविन सकिसक्नुपर्नेछ ।

आरोप प्रमाणित भए एमबाप्पे मोनाको फर्कनुपर्ने हुन सक्छ, यस्तो अवस्थामा रियलले उनलाई अनुबन्ध गर्न सक्नेछ । रसिया विश्वकपमा ४ गोल गरेर चम्किएका एमाबाप्पे नयाँ सिजनमा पनि राम्रो लयमा देखिएका छन् । उनले गत हप्ता ग्यूग्याम्प विरुद्धको खेलमा २ गोल गरेका थिए ।