रियल मड्रिडलाई मार्सियाल भित्र्याउने प्रस्ताव

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडलाई म्यान्चेस्टर युनाइटेडका फर्वार्ड एन्टोनी मार्सियाल भित्र्याउन प्रस्ताव गरिएको छ। रिपोर्टका अनुसार रियल मड्रिडलाई फ्रेन्च खेलाडी मार्सियाल भित्र्याउन उनका एजेन्टले प्रस्ताव गरेका हुन्।

म्यान्चेस्टर युनाइटेड यो ट्रान्सफर सिजन जेडन सान्चो, ह्यरी केन जस्ता फर्वार्ड भित्र्याउन इच्छुक भएकाले युनाइटेडमा मार्सियालले पर्याप्त खेल समय नपाउने डरले उनी मड्रिडलाई प्रस्ताव गरिएको आंकलन गरिएको छ। उनले केही सिजन युनाइटेडका लागि राम्रो प्रदर्शन गरेता पनि लगातार आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्।
२५ वर्षका फ्रेन्च खेलाडी मार्सियाल २०१५ मा फ्रेन्च क्लब मोनाकोबाट युनाइटेडमा अनुबन्ध भएका थिए। उनले युनाइटेडका लागि २५८ खेलमा ७८ गोल गरि सकेका छन्। अर्का फर्वार्ड एडिनस कभानी गत वर्ष युनाइटेडमा अनुबन्ध भए देखि युनाइटेडको स्टार्टिङ ११ मा उनको प्रतिस्पर्धा झन् बढेको हो।