ला लिगामा नव प्रवेशी क्लब काडिजले आइबरलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा काडिजले आइबरलाई २-० ले पराजित गरेको हो ।
आइबरको मैदानमा ३६ औं मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै काडिजलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा साल्भी सान्चेजले गोल गर्दै काडिजलाई २-० को जित दिलाए ।
आइबरमाथिको जितसँगै काडिजले लिद लिडर रियल सोसिडाडसँग अंक बराबरी गरेको छ ।
यस्तै काडिज लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
काडिजले ८ खेलमा १४ अंक जोडेको छ ।
आइबरको भने यो चौंथो हार हो । आइबर ८ खेलमा ८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।