रियल मड्रिडमाथी बार्सिलोनाको नयाँ खेलाडी डि जोङको येस्तो व्यंग्य

फ्रेन्की डि जोङले रियल मड्रिडलाई फराकिलो अन्तरले हराउन आफूले चाहेको बताएका छन । क्याम्प नोउमा बार्सिलोनाको जर्सीमा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै डि जोङले यस्तो बताएका हुन् ।

क्याम्प नोउमा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एल क्लासिकोको कुरा निकाल्दै डि जोङसँग प्रश्न गरेका थिए । जसमा उनले शानदार कमेन्ट गरे ।

उनले भने, ‘मलाई आशा छ कि, बर्नबेउमा रियल मड्रिडलाई हामी ५–० ले हराउन सक्छौं । पछिल्ला वर्ष बार्सिलोनाले अधिकांश एल क्लासिको जितिरहेको छ । म मेरो करिअरमा पनि यहाँ रहँदा यस्तै नतिजा चाहन्छु ।’

नयाँ सिजनको पहिलो एल क्लासिको ला लिगा अन्तर्गत आगामी अक्टोबर २७ तारिखमा हुँदैछ । सो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ । त्यसपछि सिजनको दोस्रो एल क्लासिको जनवरी ३ मा रियलको घरेलु मैदान बर्नाबेउमा हुनेछ ।