रियल मड्रिडको लेगानेस माथी जित

शनिबार राति रियलको घर सान्टियागो बेर्नााबेउमा भएको खेलमा रियलले पाहुना टोली लेगानसेमाथि २–१ को जित निकालेको हो ।

आफ्ना स्टार खेलाडी क्रिस्टिायनो रोनाल्डो, कप्तान सर्जियो रामोससहित अन्य प्रमुख खेलाडीबिनै मैदान उत्रेको रियलको जितमा स्टार ग्यारेथ बेल, बोर्जा मायोरल र करिम बेन्जिमाले गोल गरे ।

रियलले पहिलो हाफमा २–० को स्पष्ट अग्रता लिएको थियो । जहाँ बेलले खेलको सातौं मिनेटमै गोल गरेर पाहुना टोलीविरुद्ध अग्रता दिलाए । उनले करिम बेन्जिमाले हानेको प्रहार रि–बाउन्ड आएकोमा बेलले ओभर हेड गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा रियलका लागि बोर्जा मायोरलले गोल गरेपछि रियलले २–० को अग्रता लियो । त्यसअघि लेगानेसले पनि गोल गर्ने अवसर पाएको थियो । तर, उसको एक प्रहार बारमा लाग्दै बाहिरिँदा ऊ पहिलो हाफमा गोलअन्तर घटाउनबाट चुक्यो ।

त्यसपछि दोस्रो हाफको ६५औं मिनेटमा लेगानेसका डर्कोले गोल गरेर टिमलाई खेलमा फर्काउने संकेत गरे पनि त्यसपछि गोल थप्न नसक्दा अन्ततः खेल २–१ मा टुंगियो ।

यो जितसँगै रियलले ३४ खेलबाट ७१ अंक जोडेको छ । यो समान खेल खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १ अंकले कमी हो भने एक खेल कम खेलेको शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले कमी हो ।