रियल मड्रिडको लगातार अर्को हार

रियल मड्रिड पछिल्ला चार खेलमा लगातार जित बिहिन भएको छ । ला लिगा अन्तर्गत शनिबार राती अलाभेससँग १-० ले पराजित हुदै रियल पछिल्ला चार खेलमा जित बिहिन भएको हो । यससँगै जित बिहिन रियल पछिल्लो ३३ वर्षको आफ्नो कीर्तिमान पनि तोडिएको छ ।

निकैनै प्रतिस्पर्धात्मक बनेको खेलमा अलाभेसलले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै जित पक्का गरेको थियो । अलाभेसका लागि इन्ज्युरी समयमा मानु गार्सियाले कर्नरबाट आएको प्रहार क्रसबारमा लागेर फर्किएपछि आएको बललाई हेडर मार्फत सुन्दर गोल गरेका थिए ।

यस जितसँगै अंक तालिकामा रियल खस्ने क्रम जारी छ भने अलाभेस दोस्रो स्थानमा आइपुगेको छ । खेलको अधिकांश समय अलाभेसले रियलमाथि दबाब नै राखेको थियो ।

पछिल्लो खेलमा सीएसकेए मस्कोसँग १-० ले पराजित भएको रियल त्यसअघि सेभिल्लासँग ३-० ले पराजित भएको थियो । त्यसअघि म्याड्रिड डर्बीमा पनि रियलले गोल गर्न सकेको थिएन । यद्यपी बार्सिलोना, सेभिल्ला र एटलेटिको म्याड्रिडले अझै एक खेल खेल्न बाँकी छ ।