रियल मड्रिडको महत्त्वपूर्ण जित; शीर्ष स्थानमा उक्लन सफल

ला लिगा अन्तर्गत आईतबार राति भएको खेलमा रियल मड्रिडलेे रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो

रियलले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।

गत शुक्रबार बार्सिलोनाले सेभिल्लासंग गोल रहित बराबरी खेलेसंगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको थियो ।

भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै पाहुना टोलीलाई ५० औं मिनेटमा अग्रता दिलाएका थिए । करिम बेन्जिमाले ७० औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउने काम गरे ।

मिकेल मोरिनाले ८३ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए ।

पाहुना टोली रियलका रामोस गोल गर्ने बित्तिकै चोट बोक्दै मैदान छाडेका थिए ।

रियल मड्रिडले सन् २०१२ पछि एक मात्र लिग उपाधि जितेको छ । लिगमा ८ चरणको खेल बाँकी रहदा रियलले शीर्ष स्थानमा कब्जा जमाएको हो ।

शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोड्यो । सोसिडाड ४७ अंक सहित छैटौ स्थानमा रह्यो ।

बार्सिलोनाले मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्दा रियलले अर्को दिन घरेलु मैदानमा मोलार्कासंग खेल्नेछ ।