रियल मड्रिडको प्रशिक्षणमा रोनाल्डो सामेल

एजेन्सी । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रियल मड्रिड फर्किएका छन् । पोर्चुगल विश्व कपबाट बाहिरिए पछि रोनाल्डो रियलसंग प्रशिक्षण थालेका छन् ।

इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडसंगको सम्झौता रद्ध भए पछि रोनाल्डो क्लबविहिन भएको छ । उनी आफुलाई फिट राख्न रियलको प्रशिक्षणमा सहभागी रहेका छन् ।

त्यस्तै, साउदी अरेबियाका क्लब अल-नासरले रोनाल्डोलाई आकर्षक प्रस्ताव राखेको छ । तर, रोनाल्डोले कुनै गम्भीरतापुर्वक लिएको देखिदैन ।

२०१८ मा रियल छाडेका रोनाल्डो फेरि क्लबमा फर्किने सम्भावना न्यून रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।