रियल मड्रिडको जितमा हजार्डको पहिलो गोल

बुधवार राति सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनिस टिम रियल मड्रिडले साल्जबर्जलाई १-० गोलले हरायो ।

रेड बुल एरिना रगंशालामा भएको खेलमा मड्रिडका लागि पहिलो हाफको १९ औं मिनेटमा हजार्डको गोलले १-० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा कुनै तर्फबाट गोल हुन सकेन् र खेल रियल मड्रिडले १-० ले जित्यो। मड्रिडको लागि हजार्डको यो पहिलो गोल थियो।

उनलाई चेल्सीबाट १५० मिलियन पाउण्ड रकम तिर्दै रियल मड्रिडले ईडेन हजार्डलार्ई यो सिजन अनुबन्धन गरेका थिए।रियलले हजार्डसंग ५ बर्षको औपचारिक सम्झौता गरेका हुन् ।

त्यसतै चेल्सीमा लागि उनले ३५२ खेलमा ११० गोल गरेका थिए।