रियल मड्रिडको घरेलु मैदानमा आगलागी

एजेन्सी, रियल मड्रिडको घरेलु मैदान सान्टिनागो बर्नाबेयुमा आगलागी भएको छ। आगलागी रङगशालाको छतको एक स्तम्भबाट सुरु भएको आंकलन लगाइएको छ। उक्त स्तम्भबाट अग्लो धुवाँको मुस्लो उठेको थियो।

आगलागीको कारण हाल सम्म पत्ता लागिएको छैन। रिपोर्टका अनुसार आगो नियन्त्रणमा लिइएको छ। फ्यान तथा छिमेकीहरुले लिएको आगलागीको फोटो सामाजिक संजालमा भाइरल भैरहेको बताइएको छ। दमकल घटना स्थलमा तुरुन्तै पुगेको कारण आगो छिटै नियन्त्रणमा लिइएको हो।
सन् १९४७ मा सान्टिनागो बर्नाबेयु निर्माण सम्पन्न भएदेखी उक्त मैदान रियल मड्रिडको घरेलु मैदान रहि आएको छ। ८१,०५५ दर्शक क्षमता भएको उक्त रङगशाला हाल मर्मतको क्रममा छ।