रियल मड्रिडको खराव प्रदर्शन जारी, रोमासंग पराजित

प्रि–सिजन टूर अन्तर्गत मैत्रीपुर्ण खेलमा रोमाले रियल मड्रिडलाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा रोमाले रियललाई पेनाल्टी सुटआउटमा हराएको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । जसमा रोमा ५–४ ले विजयी बन्यो ।

रियलका मार्सेलोको प्रहार असफल भएपछि ईटालियन क्लब विजयी बनेको हो ।

खेलको १६ औ मिनेटमा मार्सेलोले गोल गर्दै रियललाई अग्रता दिलाए । ३४ औ मिनेटमा डिएगो पेरोट्टीले खेल बराबरीमा ल्याए ।

३९ औ मिनेटमा केसमिरोले खेललाई २–१ ले अघि बढाए । ४० औ मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो र रियल ५-४ ले हार्नु पुग्यो ।

ग्यारेथ बेललाई रियल प्रशिक्षक जिनेदिन जिदानले मौका दिएका थिए । उनले करिब आधा घण्टा जति मैदानमा बिताएका थिए । चीनियाँ क्लब जान असफल भएपछि बेल पहिलो पटक रियलबाट मैदान उत्रिएका हुन् ।