रियल मड्रिडका स्ट्राइकर कोरोनाभाइरसबाट संक्रमित

स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्ट्राइकर मारियानोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ बर्षीय मारियोलाई संक्रमण पुष्टि भएको रियल मड्रिडले एक वक्तव्य जारी गर्दै जनाएको छ ।

संक्रमण पुष्टि भएलगत्तै उनलाई आइसोलेशनमा राखिएको छ । उनी जुलाई अन्तिममा भएको लालिगाको यो सिजनको अन्तिम खेलमा अतिरिक्त खेलाडीमा समावेश थिए । तर उनलाई खेलमा भने उतारिएको थिएन ।

रियल मड्रिडले आउँदो अगस्ट ७ मा च्याम्पियन्स लिगमा नचेस्टर सिटीसँग खेल्नेछ ।