रियल मड्रिडका स्टार डिफेन्डर भित्र्याउने युनाइटेडको योजनामा ठुलो धक्का

एजेन्सी, इङलिस क्लबले म्यान्चेस्टर युनाइटेडको रियल मड्रिडका स्टार डिफेन्डर राफायल भरान भित्र्याउने योजनामा ठुलो धक्का पुगेको छ। रिपोर्टका अनुसार भरानले रियल मड्रिड छाडेको खण्डमा उनको फ्रेन्च क्लब पि.एस.जि जाने सम्भावना बढी रहेको छ।

२८ वर्षका भरानको मूल्य करिब ६० मिलियन युरो रहेको आंकलन गरिएको छ। रिपोर्टका अनुसार युनाइटेडका साथसाथै पि.एस.जि पनि उनलाई भित्र्याउन इच्छुक छन् र उनी पनि पि.एस.जि जान नै इच्छुक देखिन्छन। भरानको रियल मड्रिडसँगको सम्झौता २०२२ मा अन्त्य हुने भएकोले र त्यसपछि रियलले उनलाई फ्री ट्रान्सफरमा गुमाउने हुँदा उनले यो ट्रान्सफर सिजन रियल मड्रिड छाड्ने सम्भावना प्रबल देखिएको छ।
२८ वर्षका फ्रेन्च डिफेन्डर भरान २०११ मा रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनले रियल मड्रिडका लागि ३६० खेल खेलेका छन् जस्मा उनले १७ गोल पनि गरि सकेका छन्।