रियल मड्रिडका तीन मिडफिल्डरले ला लिगा खेल गुमाउने

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड ला लिगामा शुक्रबार राती रियल भालाडोइडविरुद्ध खेल्दैछ । विश्व कप पछि रियलको यो पहिलो लिग खेल हो ।

शिर्ष स्थानको बार्सिलोना भन्दा दुई अंकले तल रहेको रियल जित हात पार्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ ।बार्सिलोनाले शनिबार एसपान्योलसंग खेल्नेछ ।

दोस्रो स्थानमा रहे पनि टिमले उपाधी रक्षा गर्नेमा विश्वस्त देखिन्छन् । तर, रियलका लागि तीन खेलाडिले भालाडोइडविरुद्धको खेल गुमाउने भएको छ ।

भेट्रान लुका मोड्रिच र फ्रेन्चद्वव एड्वार्डो कामाभिंगा र अरेलियन चुवामेनीले नखेल्ने विभिन्न अन्तर्राष्ट्रिय संञ्चारमाध्यमले जनाएको छ ।

यी तीन खेलाडी नखेल्ने भए पछि रियलको मिडफिल्डमा सिमित विकल्प रहेको छ । डानी केबालोस, टोनि क्रुस र फेडे भेल्भेर्डेले मिडफिल्ड सम्हाल्ने सम्भावना उच्च देखिन्छ ।