रियल मड्रिडका डिफेन्डरले लम्ब्याए क्लबसँगको सम्झौता

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका स्पेनिश फुल ब्याक डानी कारावाहालले आफ्नो रियल मड्रिडसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२५ सम्मका लागि रियल मड्रिडमा अनुबन्ध छन्।

२९ वर्षका स्पेनिश राइट ब्याक कारावाहाल २०१३ मा रियल मड्रिडमा अनुबन्ध भएका थिए। उनी करिब ६.५ मिलियन युरोमा जर्मन क्लब ब्यार लेभरकुसेनबाट रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनी रियल मड्रिडकै एकेडेमीका उत्पादन हुन् र २०१२ मा रियल मड्रिडबाटै करिब ५ मिलियन युरोमा जर्मन क्लब ब्यार लेभरकुसेनमा अनुबन्ध भएका थिए।
कारावाहालले रियल मड्रिडका लागि २९४ खेल खेली सकेका छन् जस्मा उनले ६ गोल पनि गरेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले २५ खेल खेलेका छन्।