रियल मड्रिडका गोलकिपरले लम्ब्याए सम्झौता

एजेन्सी, रियल मड्रिडका गोलकिपर थिबौट कोर्टुवाले आफ्नो क्लबसँगको सम्झौता लम्ब्याएका छन्। रिपोर्टका अनुसार उनी अब २०२६ सम्मका लागि रियल मड्रिडमा अनुबन्धित छन्।

रियल मड्रिड आफ्ना फ्रेन्च स्टार स्ट्राइकर करिम बेन्जेमासँगको सम्झौता लम्ब्याउनका निम्ति पनि काम गरिरहेको भनिएको छ। रिपोर्टका अनुसार रियल मड्रिड आफ्नो बेन्जेमासँगको सम्झौता २०२३ सम्म लम्ब्याउन चाहन्छन्।
२९ वर्षका बेल्जियन गोलकिपर कोर्टुवा २०१८ मा इङलिस क्लब चेल्सीबाट रियल मड्रिडमा अनुबन्धित भएका थिए। रियल मड्रिडमा अनुबन्ध भए देखि उनले क्लबका लागि १३० खेल खेली सकेका छन्। आफ्नो राष्ट्रिय टोलिका लागि पनि उनले ८९ खेल खेली सकेका छन्।