रियल बेटिसका मिडफिल्डरमा बार्साको नजर

BARCELONA, SPAIN - FEBRUARY 15: (L-R) Sergi Roberto of FC Barcelona, Antoine Griezmann of FC Barcelona, Ansu Fati of FC Barcelona, Lionel Messi of FC Barcelona celebrates goal 1-0 during the La Liga Santander match between FC Barcelona v Getafe at the Camp Nou on February 15, 2020 in Barcelona Spain (Photo by David S. Bustamante/Soccrates/Getty Images)

बार्सिलोनाले यस गर्मीमा रियल बेटिसका मिडफील्डर नबिल फेकीरका लागि आर्सेनललाई चुनौती दिने खबर छ। फेकीरले आउँदो गर्मीमा अर्सेनलको पनि लक्ष्य हुन सक्ने छ। अर्सेनलले रियलका मिडफिल्डर मार्टिन ओडेगार्ड गुमाएमा अर्सेनलका कोच मिकेल अर्टेटाले नबिल फेकीरलाई साइन गर्न प्रयास गर्ने जानकारी छ।

खबर अनुसार रियल बेटिसका मिडफिल्डरमा बार्सिलोनाको पनि नजर रहेको छ। एस्टोडियो डिपोर्टिभोका अनुसार उनीमा बार्साको पनि चासो छ र क्लबका नयाँ अध्यक्ष जोन लापर्टा उनको फ्यान हुन्।

बार्सिलोनाले धेरै समय देखि उनीमा निगरानी राखेको पनि खबर छ भने उनी मेस्सीको पनि विकल्प हुन सक्ने बार्साको विश्वास रहेको कुरा छ।

अर्सेनलले पनि उनलाई धेरै समय देखि आफ्नो नजरमा राखेको छ। उनी लियोनमा हुँदा देखि अर्सेनलको चासो उनीमा रहेको खबर छ।