रियल पाउलो डायबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न तयार

अर्जेन्टिना तथा युभेन्ट्सका स्ट्राइकरका लागि रियल मड्रिड मोटो रकम तिर्न सहमत भएको छ । रियल युभेन्ट्सका पाउलो डायबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न सहमत भएको हो ।

फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै अन्य टोलीलाई झट्का दिएका छन् । एक प्रतिभावान खेलामडी माथि हस्ताक्षर गर्दै छिट्टै डायबालालाई घोषणा गर्ने बताइएको छ । रियलका अनुसार डायबालाको युभेन्ट्स प्रबन्धक मासिमिलिनो एलेग्रिसँग राम्रो सम्बन्ध नभएको बताएका छन् । फरवार्ड डिबाला रियलमा जर्सि नम्बर ७ लगाउन तयार रहेका बताएका छन् । यसै सिजन रियलका जर्सि नम्बर ७ खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेका थिए ।

उनको स्थानमा नयाँ खेलाडी प्रतिस्थापन गर्न यतिखेर रियल कसरतमा छ । डायबाला एक आधुनिक खेलाडी मध्यका एक हुन् । उनमा युरोपका कुनै पनि टिमका लागि शीर्ष स्ट्राइकर हुन सक्ने क्षमता छ । यतिखेर २४ बर्षीय डायबाला म्यानचेस्टर युनाइटेड र रियलको नजरमा परेका छन् । उनी पालेर्मोबाट २०१५ मा युभेन्ट्स पुगेका थिए । डायबाला विश्वको शिर्ष खेलाडी मध्यका एक हुन् । उनले पछिल्लो बर्ष युभेन्ट्सका लागि असाधारण फुटबल खेलेर आफुलाई साबित गरिसकेका छन् । गत सिजनको सिरी–ए मा डायबालाले ३३ खेल खेल्दै २२ गोल र ५ असिस्ट गरेका थिए ।