‘रियल च्याम्पियन्स लिगको मुख्य दाबेदार हो’- बेन्जिमा

फुटबल करिम बेन्जिमाले रियल मड्रिड च्याम्पियन्स लिगको मुख्य दोबदार रहेको बताएका छन् । मुख्य गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपनि रियल च्याम्पियन्स लिगको दाबेदार रहेको उनले बताए ।

रोनाल्डो भर्खरै इटालियन क्बल युभेन्ट्समा अनुबन्धित भएका छन् । उनले ९ बर्षको स्पेन बसाई टुङ्गयाउदै सिरि ए क्लब खोजेका थिए । रोनाल्डो टुरिन लागे लगत्तै युभेन्ट्सलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ । रोनाल्डोकै प्रेरणादायी प्रर्दशनमा रियलले च्याम्पियन्स लिगमा आफुलाई बलियो साबित गर्दै आएको छ ।

रियलले पछिल्लो तीन प्रतियोगितामा आफुलाई सफल रुपमा प्रस्तुत गर्दै आईरहेको छ । तर बेन्जिमाले आफ्ना स्टार खेलाडी रोनाल्डोबिना समेत चौथो पटक सो उपलब्धि हासिल गर्न सक्षम रहेको बताए ।

‘यो प्रतियोगिता अर्को स्तरको छ । सबै खेल महत्वपुर्ण छन् । कुनैपनि एक जित निकाल्न गाह्रो छ । तर अर्को कुरा रियल विश्वको सबै भन्दा राम्रो क्लब हो । प्रत्येक बर्ष तिमी सफल हुन आवश्यक छ ।’ उनले भने ।

‘हामीलाई थाहा छ, प्रतिद्न्दी बलिया छन् । तर यदी मैले दाबेदार भन्ने हो भने रियल पक्कै आउछ । क्लबमा जितकालागि हामी हरसम्भव महशुश गछौ र जितकालागि धेरै कुराको त्याग गरेका छौ ।’ बेन्जिमाले थपे ।

बेन्जिमाले पछिल्ला चार खेलमा चार गोल गरेका छन् । फ्रेन्च खेलाडी बेन्जिमालाई रोनाल्डोको विकल्पको रुपमा क्लबमा हेरिएको छ ।