रियल म्याड्रिड आउँदो गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो डिफेन्डर राफाएल भरानलाई बेच्न तयार हुने खबर छ।
📰 | [AS] – Real Madrid will try to sell Raphael Varane if he stays at the club without renewing his contract which expires in 2022.#RealMadrid #RMALive #LaLiga pic.twitter.com/epWJw3NoRH
— 6:09 Sports (@609sports) February 27, 2021
उनको रियल सँगको वर्तमान सम्झौता २०२२को जुन सम्म रहेको छ तर उनी रियल संग सम्झौता विस्तार गर्न इच्छुक नरहेको खबर छ।
खबर अनुसार भरानले रियल संग नयाँ सम्झौता गर्ने छैनन् र सो अवस्थामा रियलको योजना उनलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्ने रहेको कुरा छ।
Manchester United dey eye Raphael Varane but Real Madrid go fight to keep am.
Source: David Ornstein #MUFC 🔴⚫️ #MUIP pic.twitter.com/BpDP62aHPn
— Man United in Pidgin (@ManUtdInPidgin) February 25, 2021
रियल उनलाई २०२२मा नि:सुल्क गुमाउन इच्छुक छैनन् र रियलले २०२१को गर्मी मै उनलाई बेच्न पर्ने हुने छ। राफाएल भरानलाई साइन गर्न पिएसजी, म्यान्चेस्टर युनाइटेड र लिभरपुल इच्छुक छन् र सो अवस्थामा रियलमा हालको उनको अवस्था बारे युनाइटेड र पिएसजी जस्तो क्लबको निगरानी रहेको खबर छ।