रियल आफ्नो पूर्व खेलाडी साइन गर्न इच्छुक

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज टोटनह्यामसँग सर्जियो रेगुइलोनलाई क्लबमा फिर्ता गर्न इच्छुक रहेको जानकारी छ। रियलले आफ्नो स्टार लेफ्ट ब्याकलाई २०२०मा प्रिमियर लिग क्लब टोटेनह्यामलाई बेचेको थियो र उनलाई बेच्ने क्रममा रियलले उनको सम्झौता ‘बाइ ब्याक’ क्लज राखेको थियो जसको मतलब रियलले उनलाई फेरी साइन गर्न इच्छुक रहे टोटेनह्यामले उनलाई बेच्नु पर्ने हुने छ।

रियलमा बेन्चमा धेरै समय बिताएका रेगुइलोन भने स्पर्समा नियमित फुटबलको मजा लिँदै छन् र उनको राम्रो प्रदर्शनले रियलको नजर उनी माथि फेरी पुगेको छ। हाल खबर अनुसार आफ्नो पूर्व लेफ्ट ब्याक फेरी साइन गर्न रियल इच्छुक रहेको छ र सो कुराको लागि रियल स्पर्स सँग वार्ता गर्न तयार रहेको छ।

खबर अनुसार, रियलले सम्झौता मा भएको बाइ ब्याक खण्ड सक्रिय गर्न सक्छ जसको मद्दतमा रियलले उनलाई £३४ मिलियनमा फेरी साइन गर्न सक्ने छ।

त्यो खण्ड सिजन को अन्त्य सम्म मात्र मान्य हुनेछ, तर रियल त्यो भन्दा कम मूल्यमा उनलाई साइन गर्न स्पर्स सँग वार्ता गर्न तयार रहेको रिपोर्ट छ।

सर्जियो रेगुइलोन स्पर्सको एक महत्त्वपूर्ण खेलाडीको रुपमा स्थापित भएका छन् भने प्रिमियर लिगमा उनको खेल निकै राम्रो रहेको छ।