रियलले राख्यो बेन्जेमाको मूल्य €१ बिलियन

16/5/21 BILBAO athletic vs real madrid FOTO: JUAN MANUEL SERRANO ARCE

ला लिगा क्लब रियल म्याड्रिडले आफ्नो अनुभवी स्टार स्ट्राइकर करिम बेन्जेमा सँग सम्झौता विस्तार गरेको छ र हाल रियल सँग उनको सम्झौता बारे धेरै चर्चा हुँदै गरेको छ र चर्चाको विषय भने रियलले बेन्जेमा माथि राखेको रिलिज क्लजको मूल्य रहेको छ।

इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार बेन्जेमा सँगको नयाँ सम्झौतामा रियलले उनको रिलिज क्लज मूल्य १ बिलियन युरो राखेको छ। रोमानोका अनुसार रियल र बेन्जेमा बिचको नयाँ सम्झौता जुन २०२३ सम्म रहेको छ भने उनको रिलिज क्लज रियलले €१ बिलियन सेट गरेको छ जुन हाल चर्चाको विषय बनेको छ।

रिलिज क्लज खेलाडीको सम्झौतामा हुने एक सर्त हो र उक्त सर्तमा  सहमत भएको मूल्य कुनै क्लबले तिर्न सके खेलाडीलाई क्लब छोड्नबाट कसैले रोक्न सक्दैन। सबै खेलाडीहरूको रिलिज क्लज मूल्य हुन्छ र उक्त रिलिज क्लजले खेलाडीलाई क्लब सँग सम्झौता बाँकी रहेको बेला पनि क्लब छोड्ने अनुमति दिन्छ।

रियलले आफ्नो स्टार स्ट्राइकरको रिलिज क्लज अविश्वसनीय १ बिलियन सेट गरेको छ जसको बारे हाल धेरै चर्चा हुँदै गरेको छ।

२०१७मा पनि रियलले उनी सँग सम्झौता विस्तार गर्दा उनको रिलिज क्लज १ बिलियन सेट गरेको थियो भने २०२१मा सो सम्झौता अन्त्य हुने समय थियो र हाल फेरी पनि रियल उनी सँग १ बिलियन रिलिज क्लज सहितको सम्झौता गरेको छ।