एभरटनका स्टार हामेस रोद्रिगेसले आफू एलेटिको म्याड्रिडमा किन नगएको बारे बोलेका छन्। गत गर्मीको ट्रान्सफर विन्डोमा उनी एलेटिको म्याड्रिडमा जाने धेरै चर्चा भए पनि सो कुरा सफल भएको थिएन।
🎙| James Rodriguez: “I had a full agreement with Atletico Madrid in 2019, but Real Madrid didn’t let me leave.” #rmalive
— Madrid Zone (@theMadridZone) April 1, 2021
उनी रियलबाट बायर्न म्युनिक लोनमा गएका थिए र सो लोन पछि उनी एलेटिको म्याड्रिड जान धेरै नजिक रहे पनि उनको मुख्य क्लब रियल म्याड्रिडले सो ट्रान्सफर ब्लक गरेको हामेस रोद्रिगेसले बताए।
“मैले म्याड्रिडमा थोरै मात्र खेलेँ,” हामेस रोद्रिगेसले ईएसपीएनलाई भने। “विशेष गरी मेरो दोस्रो सिजनमा।
🎙| James Rodriguez:
“I had everything ready with Atlético Madrid, but Real Madrid didn’t let me go. You have to ask Florentino Pérez why…”
— Madrid Xtra. (@MadridXtra) April 1, 2021
“बायर्न छोडेपछि एटलेटिको म्याड्रिडमा जान सबै कुरा तयार थियो, तर रियल म्याड्रिडले मलाई अनुमति दिएन।”
उनी स्पेनमा बस्न चाहन्थे र एलेटिको म्याड्रिड उनको लागि निकै राम्रो गन्तव्य हुन सक्ने थियो तर रियलले उनलाई एलेटिको जानबाट रोकेको उनले खुलाए।
एलेटिकोमा जान नपाए पछि उनी नापोलीमा जान धेरै नजिक रहेको उनले बताए र उनको पुर्व कोच कार्लो एन्सेलोटीको कारण आफू एभरटन आएको बताए।
💣💥💣💥 James Rodríguez: “Tenía todo listo para ir al Atlético pero el Real Madrid no me dejó” https://t.co/QwoumHnxWG
— MARCA (@marca) April 1, 2021
“यदि यहाँ कार्लो नभएको भए [एभर्टन] आउँदिन थिए” हामेस रोद्रिगेसले भने। “यो सत्य हो। त्यसपछि, मैले क्लब, फ्यानहरूलाई चिन्न थालेँ र मैले देखे कि सबै जना जित्ने इच्छा राख्छन्। तर कार्लो यहाँ हुनु मौलिक थियो।