रियलले नेमार भित्र्याउने बारे सर्जियो रामोसको येस्तो प्रतिक्रिया

पिएसजी छोड्ने क्रममा रहेका नेमार बारे रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले आफ्नो विचार राख्दै नेयमार विश्वका उत्कृष्ट ३ खेलाडीको सुचिमा पर्ने बताए।

ब्राजिलका सुपरस्टार नेमार क्लब छोड्ने क्रममा रहे पनि उनि कुन क्लब जाने भनेर टुंगो लागेको छैन। उनले यसअघि नै पीएसजी छाडेर जाने संकेत दिएका कारण रियल म्याड्रिड र बार्सिलोना दुवै टोलीले उनलाई अनुबन्धन गर्न प्रस्ताव पनि राखिसकेका छन् । पीएसजीले हालसम्म दुवै क्लबको प्रस्ताव अस्विकार गरेको छ । इटालियन क्लब युभेन्टसले पनि नेयमारको अवस्थालाई नजिकबाट नियालेको बुझिएको छ ।

यसक्रममा रियलका कप्तान रामोसले नेयमारको प्रशंसा गरेका छन् । ‘नेयमार उत्कृष्ट खेलाडी हुन्, विश्वका शीर्ष ३ खेलाडीमा पर्छन् । हाम्रो टोलीमा खेलाडी अनुबन्धन बारे कुरा गनु उची हुँदैन । हाम्रो टोली अहिले राम्रो अवस्थामा छ । ट्रान्सफर बजार खुला रहुन्जेल जो खेलाडी पनि आउने जाने हुन सक्छ, यसमा चर्चा गरेर बस्नु जायज छैन,’ उनले भने ।