रियलले नेमार भित्राउन, नेमारलाई साप्ताहिक £१.२ मिलियन दिन पर्ने

रियल म्याड्रिडले पी अस जीबाट नेमार भित्राउन निकै ठूलो रकम तिर्न पर्ने छ। Marcaको अनुसार आउँदो सिजनमा नेमारलाइ साइन गर्ने रियलले नेमारलाई साप्ताहिक £१.२ मिलियन दिन पर्ने हुन सक्छ। उनले रियलमा प्रति वर्ष £६२ मिलियन कमाउने छन् भने प्रति महिना £५.२ मिलियन र साप्ताहिक £१.२ मिलियन।


उनको तलबले उनि फ्रान्सबाट स्पेन जाने कुरा ठुलो भूमिका खेल्ने छ। २७ वर्षका नेमर २०१७मा विश्व रेकर्डको रकममा पी अस जी आएको थिए रउनले £१९८ मिलियनमा बार्सिलोना छोडेका थिए, अब उनि फेरी ला लिगा आउने हल्ला चल्दै आएको छ। उनि अब रियलमा जान सक्ने खबर आएको छ।