‘रियलले नेमारलाई छोडेर पोग्बा साइन गर्नु तिर लग्नु पर्छ’- पूर्व रियल अध्यक्ष

पूर्व रियल म्याड्रिड अध्यक्ष रामन क्याल्डरनले, रियलले पोग्बा भिराउन तिर ध्यान दिन आवस्यक रहेको बताएका छन्। क्याल्डरनले बताएकि रियलले पी अस जीका सुपरस्टार नेमारलाई बिर्सेर म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बालाई साइन गर्न प्रयास गरे राम्रो हुने छ भनेर।

“नेमार एक उत्कृष्ट खेलाडी हुन् तर उनको पछिलो खेलहरु हेर्दा, उक्त खेलहरुमा उनको व्यवहार हेर्दा उनि रियलको लागि ठिक हुने जस्तो मलाई लाग्दैन,” क्याल्डरनले Skysports संग कुरा गर्दा भने।

“रियलले पोग्बा साइन गर्नु पर्छ, उनि एक उत्कृष्ट खेलाडी हुन् र जिदानले पनि आफुलाइ पोग्बाको खेल राम्रो लाग्ने बताएका छन्”