“रियलले डि ब्रोइना साइन गर्न पेरेजले मलाई फोन गर्नु पर्छ”

म्यानचेस्टर सिटीका कोच पेप गार्डियोलाले केभिन डि ब्रोइनालाई रियल म्याड्रिडले साइन गर्ने कुरा अस्वीकार गरेका छन्।

स्पेनिश प्रेसका रिपोर्टहरूले केभिन डि ब्रोइना आफ्नो क्यारियरमा रियलको लागि खेल्न चाहेको सुझाव दिएका छन्।

तर गार्डियोलाको विश्वास छ कि सिटीबाट संसारकै एक उत्कृष्ट मिडफिल्डर साइन गर्न रियललाई सजिलो हुने छैन। केभिन डि ब्रोइनाको उत्कृष्ट प्रदर्शनले सिटीलाई धेरै मदत गर्दै आएको छ र उनले सिटीको लागि धेरै गोल र अस्सिस्त गर्ने गरेका छन्।

“के केभिन डि ब्रोइनालाई म्याड्रिडले साइन गर्न सक्छ? यसको लागि फ्लोरेन्टिनोले मलाई फोन गर्नुपर्नेछ,” गार्डियोलाले यु ट्युबर ‘डीजेएमआरआईआईओ’ को एक अन्तर्वार्तामा मजाक गरे।