रियलले आफ्नो ६ खेलाडीहरू बेच्ने

रियल म्याड्रिड हाल गाह्रो आर्थिक अवस्थामा रहेको छ तर पनि एम्बाप्पे जस्तो खेलाडीको नाम रियल सँग जोडिने गरेको छ। गर्मीको ट्रान्सफर विन्डो नजिक हुँदै जाँदा रियलको ट्रान्सफर चर्चा पनि बढेको छ भने हाल खबर अनुसार ट्रान्सफर विन्डोमा खर्च गर्नको लागि रकम जम्मा गर्न रियलले आफ्नो खेलाडीहरू बेच्न छ।

खबर अनुसार रियलले आफ्नो ६वटा स्टारहरूलाई बेच्ने योजना बनाएको छ। आफ्नो ६ खेलाडी बेचेर केही रकम जम्मा गर्ने र तलब खर्च कम गर्ने रियलको योजना रहेको जानकारी छ र उक्त रकमहरू अन्य खेलाडी साइन गर्न प्रयोग हुन सक्ने छ।

रियलले ६ खेलाडीको सुचीमा ग्यारेथ बेल, सर्जियो रामोस, राफाएल भरान, इस्को, लुकास भाजक्वेज र मार्सेलो लाई समावेश गरेको जानकारी छ।

रियलले कुनै हालतमा नबेच्ने भनेर आफ्नो ४ खेलाडीको सुची पनि तयार गरेको खबर छ जसमा विनिसियस जुनियर, फेडरल भाल्भर्डे, रोड्रीगो र मार्टिन ओडेगार्ड रहेको खबर छ।

रियलले कासीमिरो, टोनी क्रूस, करिम बेन्जेमा र थिबोउ कोर्टवालाई पनि कुनै हालतमा नबेच्ने भनेर स्पष्ट गरेको जानकारी छ।