रियलले आफ्नो १३ च्याम्पियन्स लिग उपाधिलाई सुपर लिगमा ट्रान्सफर गर्ने

रियल म्याड्रिडले आफ्नो १३ च्याम्पियन्स लिग जितलाई नयाँ युरोपियन सुपर लिगमा मान्यता दिने जानकारी छ। खबर अनुसार रियलले उक्त १३ च्याम्पियन्स लिग जितलाई सुपर लिग जितको मान्यता दिने छ र रियल सँग १३ सुपर लिग जित हुने छ।

च्याम्पियन्स लिग सुरु हुँदा त्यो भन्दा अगाडीको युरोपियन कपको जितलाई पनि च्याम्पियन्स लिगमा मान्यता दिएको थियो र हाल खबर अनुसार नयाँ सुपर लिगमा पनि क्लबहरूको च्याम्पियन्स लिग उपाधिलाई सुपर लिग जितमा ट्रान्सफर गरिने छ।

म्याड्रिडका पत्रकार पॉल टेनोरियोका अनुसार, त्यसमा समावेश भएका १२ क्लबहरूले स्पष्ट रूपमा सुपर लीगलाई च्याम्पियन्स लिगको प्राकृतिक प्रतिस्थापनको रूपमा अवस्थित गरिरहेका छन्।

१२ संस्थापक सदस्यहरू, सम्भवतः सबैले आफ्नो च्याम्पियन्स लिग/ युरोपियन कप जीतलाई नयाँ सुपर कपमा ट्रान्सफर गर्ने छ।

युरोपको १२ ठुलो क्लबहरू मिलेर नयाँ सुपर लिग गठन गर्ने भनेर क्लबहरूले आइतबार घोषणा गरेको थियो। सो निर्णयको हाल धेरै आलोचना हुँदै गरेको छ।