रियलले आफ्नो स्टार खेलाडीको मूल्य घटाउने

ला लिगा क्लब रियल म्याड्रिड आफ्नो स्टार खेलाडी एडन हजार्डको मूल्य घटाउन तयार रहेको खबर छ। उनको लागि रियलले आउँदो ट्रान्सफर विन्डोमा €३५ मिलियनको प्रस्ताव स्वीकार गर्ने जानकारी छ।

म्याड्रिड क्लबले हजार्डलाई करिब €५० मिलियमा बेच्ने आशा गरेको थियो तर अब हाल रियल आफ्नो माग घटाउन बाध्य भएको छ।

हजार्डको खेल रियलमा सोचे जस्तो हुन सकेन भने उनी धेरै जस्तो समय चोट ग्रसित रहेका छन्। उनलाई रियलले चेल्सीबाट €११५ मिलियनमा साइन गरेको थियो हाल उनलाई ठुलो घाटामा रियलले बेच्ने जानकारी छ। रियलको लागि उनले ५६ खेलमा मात्र ५ गोल गरेका छन्।

हाल आउँदो ट्रान्सफर विन्डोमा उनलाई बेच्न रियल तयार हुने छ भने उनलाई साइन गर्न केही प्रिमियर लिग क्लबहरू इच्छुक रहेको जानकारी छ।

न्यूक्यासल र एभर्टन सँग हाल उनको नाम जोडिएको छ भने €३५ मिलियन सम्मको प्रस्ताव आए रियलले उनलाई बेच्ने खबर छ।