रियललाई अस्वीकार गर्दै बार्सिलोना आउन मेस्सीले गरे नेयमारलाइ आग्रह

लियोनेल मेस्सीले नेयमारलाई सम्झाउने प्रयास गरेका छन् ।

स्पेनिस संचारमाध्यमहरुका अनुसार मेस्सीले नेयमारलाई बार्सिलोना फर्किन सुझाव दिएका छन् । नेयमार बार्सिलोना फर्किने चर्चा चलिरहदा एकाएक रियल मड्रिडले चासो देखाए पछी मेस्सीले नेयमारलाई बार्सिलोना रोज्न सुझाव दिएको बताईएको छ ।

रियलको चासो सँगै नेयमारले पनि रियल जाने सोच बनाएको खबर बाहिरिए पछी मेस्सीले बार्सिलोना फर्काउने प्रयास गरेका हुन् । उनले नेयमारलाई रियल सँग सम्झौता नगर्न आग्रह गरेको स्रोतको भनाई छ ।

मेस्सी नेयमारलाई बार्सिलोनामा फर्काए फेरी एेतिहासिक ट्रिओको जादु फुटबलमा पुर्न देखाउन चाहन्छन् । नेयमारले पनि आफुले मेस्सी र स्वारेज सँगको ट्रिओलाई धेरै सम्झिने गरेको बताएका थिए ।