रियलमा रहन रामोसको क्लब सामु यस्तो माग

सर्जियो रामोस र रियल म्याड्रिड बिचको सम्झौता अन्त्य हुने क्रममा रहेको छ र दुई बिच सम्झौता विस्तारको वार्ता सफल हुन सकेको छैन।

रियलले रामोस सामु गरेको नयाँ प्रस्ताव रामोसले अस्वीकार गर्दै आएका छन् भने रामोस रियलले गरेको प्रस्तावबाट खुसी छैनन्।

रियलले उनलाई नयाँ सम्झौताको लागि १० प्रतिशतको तलब कटौती गर्न आग्रह गर्दै आएको छ र खबर अनुसार रामोस उक्त तलब कटौती स्वीकार गर्न पनि तयार छन् तर उनले क्लब सामु माग राखेका छन्।

खबर अनुसार रियल सामु रामोसले नयाँ सम्झौता २ वर्षको गर्न माग गरेका छन्। रियलले उनलाई १ वर्षको नयाँ सम्झौताको प्रस्ताव गर्दै आएको छ र खबर अनुसार रियलले उनलाई २ वर्षको प्रस्ताव गरे उनी १० प्रतिशतको तलब कटौती गर्दै रियलमा बस्न तयार हुने छन्।