रियलमा यी दुई स्टार भित्राउने जिदानको योजना

रियाल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यस गर्मीमा म्यान्चेस्टर युनाइटेडका स्टार पोग्बा स्पेन ल्याउने प्रतिबद्धता जनाएका छन्।

यसबाहेक, मुन्डो डिपार्टिभोका रिपोर्ट अनुसार, जिदान रेनेसका युवा स्टार एडुआर्डो कामाभिन्गालाई पनि आफ्नो टीममा थप्न चाहन्छन्।

फ्रान्सेली कोच दुबै मिडफिल्डरहरू यस गर्मीमा भित्राउन चाहन्छन्, जबकि कामाभिन्गालाई साइन गरि पूर्ण लोन सोहि क्लबमा पठाउने रियलको योजना रहेको खुलेको ।

यस जोडीको क्लबले €१०० मिलियन भन्दा बढी खर्च गर्नु पर्ने छ र जिदानले अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पैरवी गरिरहेका छन र दुवै सम्झौताहरू अगाढी लग्न कोष उनले पाउने उनको आशा रहेको छ।