रियलमा फर्किने बारे हामेस रोद्रिगेसले यस्तो भने

एभर्टनका स्टार हामेस रोद्रिगेस ला लिगा फर्किने धेरै चर्चा रहेको थियो भने हाल उनले सो बारे कुरा गरेका छन्।

म्याड्रिडका नयाँ कोच कार्लो एन्सेलोटी एभर्टनबाट रियल आए पछि रोद्रिगेसलाई पनि रियल फर्काउने उनी इच्छुक रहेको धेरै चर्चा भएको थियो तर स्टार मिडफिल्डरले सो कुरा सत्य नरहेको बताए भने आफू फेरी रियल नजाने उनले खुलाए।

कार्लो एन्सेलोटी एभर्टनमा हुँदा उनले हामेस रोद्रिगेसलाई रियलबाट साइन गरेका थिए भने रियलले पनि २०१४ कार्लो एन्सेलोटीकै पहलमा उनलाई साइन गरेको थियो। कार्लो एन्सेलोटी उनको ठुलो प्रशंसक रहेका छन् र उनी रियलमा फर्के पछि हामेस रोद्रिगेसको बारे धेरै चर्चा भएको थियो। हाल उनले एभर्टन छोड्न सक्ने सम्भावना भने जारी रहे पनि रियल फर्किने कुरा उनले अस्वीकार गरेका छन्।

“मलाई थाहा छैन के हुँदै छ। मलाई थाहा छैन – मलाई थाहा छैन म कहाँ खेल्ने छु। उनले आफ्नो भविष्यबारे बोल्दै भने।

“तपाईँलाई थाहा होला कि फुटबल र जीवनमा के हुन्छ भनेर कहिले थाहा हुदैन, तर मलाई यो मात्र थाहा छ कि मैले कडा प्रशिक्षण, राम्रो तयारी गर्नु पर्छ।” “यो जटिल छ। [म कहाँ खेल्नेछु भनेर] सायद जहाँ म चाहन्छु। कुनै एक ठाउँमा जुन मलाई मन पर्छ।”

रियल फर्किने बारे प्रश्न हुँदा उनले सो कुरा अस्वीकार गर्दै भने: “मलाई त्यस्तो लाग्दैन। त्यो एक अन्त्य भैसकेको चक्र हो जुन मैले दोहोराउने छैन।”