रियलद्वारा एम्बप्प्पेको लागि १६० मिलियन युरोको प्रस्ताव

BARCELONA, SPAIN - FEBRUARY 16: Kylian Mbappe of Paris Saint-Germain reacts during the UEFA Champions League Round of 16 match between FC Barcelona and Paris Saint-Germain at Camp Nou on February 16, 2021 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिडले पिएसजीका युवा स्टार किलियन एम्बाप्पेको लागि १६० मिलियन युरोको प्रस्ताव गरेको खबर छ। २२ वर्षका फ्रेन्च फोवार्डले हाल सम्म पिएसजी सँग सम्झौता विस्तार गरेका छैन र रियलमा खेल्ने आफ्नो इच्छा उनले स्पष्ट गर्दै आएका छन् भने रियलले पनि एम्बाप्पेलाई भित्राउने आफ्नो चाहना स्पष्ट गर्दै आएको छ।

हाल खबर अनुसार उनलाई साइन गर्न रियलले पिएसजीलाई १६० मिलियन युरोको प्रस्ताव गरेको छ। हालै मात्र फुटबल सुपरस्टार मेस्सीलाई साइन गरेको पिएसजी भने एम्बाप्पेलाई क्लबमै राख्न धेरै इच्छुक छ तर हालको ट्रान्सफर विन्डोमा उनलाई पिएसजीले नबेचे अर्को वर्ष उनी फ्री एजेन्टको रुपमा क्लब छोड्ने स्वतन्त्र हुने छन् जुन पिएसजीको लागि ठुलो घाटा हुने छ जसको कारण हाल पिएसजी पनि दबाबमा रहेको छ।

रियलमा खेल्ने आफ्नो सपना रहेको एम्बाप्पेले दाबी गर्दै आएका छन् र यो ट्रान्सफर विन्डो नै उनी क्लब छोड्न तयार हुने खबर छ र यो ट्रान्सफर विन्डो उनको ट्रान्सफर असफल रहे उनले अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छोड्ने छन्।

प्रिमियर लिग क्लब लिभरपुल पनि उनलाई साइन गर्न इच्छुक रहेको रिपोर्ट आए पनि रियल म्याड्रिड उनलाई भित्राउने मुख्य दाबेदारको रुपमा रहेको खबर छ।

पिएसजीको लागि एम्बाप्पेले १७३ खेलमा १३३ गोल गरेका छन् भने हाल उनी विश्व फुटबलको सबैभन्दा उत्कृष्ट प्रतिभाहरू मध्ये एक हुन्। रियलले उनको लागि प्रस्ताव पठाए पनि हाल सम्म पिएसजीबाट सकारात्मक प्रतिक्रिया नआएको जानकारी छ।