रियलको लक्ष्य पोचेटिनो

एजेन्सी, जिनेदिन जिदानले क्लबबाट राजिनामा दिएसंगै रियल नया प्रशिक्षकको खोजीमा जुटेको छ। पिएसजीको प्रशिक्षक मौरिसियो पोचेटिनोमा क्लबको मुख्य नजर परेको छ।

फ्रेन्च प्रशिक्षकले दोश्रो पटक रियल म्याड्रिड छाडेको हो। च्याम्पियन्स लिगमा चेल्सीको हातबाट बाहिरिनु र ला लिगा एट्लेटिको म्याड्रिडले जित्दा रियल यो सिजन उपाधी बिहिन बनेको हो।

जिदानले छोडेको खण्डमा रियल इटालियन प्रशिक्षक म्यासिमिलानो एलेग्रीलाइ प्रशिक्षकका रुपमा स्वागत गर्न चाहान्थे। तर, एलेग्री युभेन्टस जाने भएको छ। उस्ले पिर्लोको स्थान लिने छन। यद्यपि, पिर्लोलाई क्लबले बर्खास्त भने गरिएको छैन।

अर्जेन्टिनीले पिएसजी सह्मालेको ६ महिना नबित्दै उन्को भबिस्य अनिश्चित भएको छ र पुर्व क्लब टोटेन्हममा जाने सम्भावना पनि रहेको छ।

पोचेटिनोको लागि रियल एउटा आकर्षक गन्तव्य हुनसक्दछ। क्लबको लेजेन्ड राउल, एन्टोनियो कोन्टे भन्दा अर्जेन्टिनीको नाम सुचीमा अग्र स्थानमा रहेको छ।

पिएसजीसंगको सम्झौता २०२२ सम्म रहेको छ। यदि पोचेटिनोले छोडेमा फ्रेन्च क्लबले मोटो क्षेतिपुर्तिको माग गर्ने छ।

पुर्व टोटेन्हमका प्रशिक्षकले पिएसजीलाई कोपा डे फ्रान्सको उपाधी दिलाए। यधपी, लिलसंग लिग उपाधी जित्न असफल रह्यो।