रियलको यो ट्रान्सफर सिजन एम्बापे भित्र्याउने योजनामा ठुलो धक्का

एजेन्सी, रियल मड्रिडको यस ट्रान्सफर सिजन पि.एस.जिका युवा स्टार खेलाडी किलियन एम्बापे भित्र्याउने योजनामा ठूलो धक्का पुगेको छ। रिपोर्टका अनुसार पि.एस.जिका प्रमुख लियोनार्डोले क्लबको ड्रेसिङ रुमलाई एम्बापे यस सिजन पि.एस.जिमा नै बस्ने जानकारी दिएका छन्।

एम्बापे अर्को वर्ष सम्मका लागि मात्र पि.एस.जिमा अनुबन्ध छन् र त्यसपछि क्लबले उनलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने हुँदा उनले यो ट्रान्सफर सिजन पि.एस.जि छाड्ने अनुमान लगाइएको थियो। रिपोर्टका अनुसार पि.एस.जि भने उनलाई बेच्न इच्छुक छैनन् र एम्बापे पनि आफ्नो क्लबसँगको सम्झौता नविकरण गर्न इच्छुक देखिदैनन्।
रिपोर्टका अनुसार रियल मड्रिडका अध्यक्ष फ्योरेन्टिनो पेरेजले भने एम्बापेलाई रियल मड्रिड भित्र्याउने उन्को प्राथमिकताहरु मध्ये एक रहेको यस अघी नै जनाइसकेका छन्। एम्बापेले अर्को वर्ष फ्री ट्रान्सफरमा पि.एस.जि छाड्ने सम्भावना प्रबल देखिन्छ।