रियलको प्रस्ताव अस्वीकार गर्दै यो युवा स्टारले बार्सा छनोट गरेको खुलासा

ला लिगा क्लब बार्सिलोनाका युवा स्टार गाभी हालका उत्कृष्ट युवा प्रतिभाहरू मध्ये एक रहेका छन्। गाभी केवल १७ वर्षको उमेरमा बार्सिलोनाको पहिलो टोलीका प्रमुख खेलाडी बनेका छन् तर उनलाई साइन गर्न अन्य क्लब पनि नजिक रहेको थियो तर उनले बार्सालाई छनोट गरेका थिए।

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड पनि उनलाई साइन गर्न धेरै इच्छुक रहेको बेला बार्साले उनलाई साइन गरेको थियो भने उनले किन बार्सालाई छनोट गरेको भनेर उनको पूर्व कोचले खुलाएका छन्।

“मलाई थाहा छ कि [रियल] म्याड्रिड र एट्लेटिकोले गाभी माथि चासो देखाएको थियो, तर उनले आफ्ना आमाबाबुलाई आफ्नो इच्छा बार्सा रहेको बताए ‘बुबा, उत्कृष्ट [खेलाडीहरू] यहाँ छन् र म यहाँ खेल्न चाहन्छु’ भनेर गाभीले आफ्नो बाबुलाई बताए- गाभीका पूर्व कोच म्यानुएल भास्कोले खुलाए।

“गाभी सुरुदेखि नै ठुला क्लबहरूबाट चासो आकर्षित गर्दै थिए, [रियल] बेटिस र सेभिल्लाको नजर पनि गाभीमा थियो।

“बार्सिलोनाले उनलाई एल्गार्वेमा भएको एक प्रतियोगितामा अनुबन्ध गर्‍यो, जसमा उनी उत्कृष्ट खेलाडीको रूपमा छनोट भए र बार्सिलोनाले उनलाई साइन गरे ।

“तर त्यो भन्दा पहिले, मलाई लाग्छ कि गाभी माथि दुवै म्याड्रिड टिमको नजर थियो, तर गाभी बार्सिलोनालाई मन पराउँछन् ।”