रियलको इतिहासमा जिदान दोस्रो सफल प्रशिक्षक

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्।

जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, च्याम्पियन्स लिगमा ३० खेलमा ४ हार र ६ बराबरी, कोपा डेल रे’मा २ हार र ४ बराबरी छ।

क्लब विश्व कपमा शत प्रतिशत जित निकालेका जिदानको रियलको सबै खेलमा ७१.४ प्रतिशतको विजयी रेकर्ड छ। यो तथ्याङ्कले जिदानलाई रियलको इतिहासमा दोस्रो सफल प्रशिक्षक बनाउँछ। उनी भन्दा उत्कृष्ट आंकडा होसे मोउरिन्होको छ। मोउरिन्होले रियलमा ७१.९ प्रतिशत खेल जिताएका थिए ।

सन् २०१६ मा रियलको जिम्मेवारी सम्हाले यता जिदानले रियललाई २ च्याम्पियन्स लिग, १ ला लिगा, २ क्लब विश्व कप, १ स्पेनिस सुपरकप र १ युईएफए सुपरकपको उपाधि जिताएका छन्।