रियलका स्टार मिडफिल्डरमा आर्सेनलको चासो

आर्सेनल रियल म्याड्रिडका स्टार मिडफिल्डर इस्को साइन गर्न इच्छुक रहेको खबर छ। आर्सेनलको मुख्य लक्ष्य लियोनका हौसेम आउर रहे पनि अन्य क्लबहरु पनि उनि माथि इच्छुक रहे पछि उनको विकल्पमा रियल म्याड्रिडका मिडफिल्डर इस्को साइन गर्ने आर्सेनलको योजना हुने खबर छ।

धेरै समय देखि आर्सेनलको चासो आउरमा रहेको थियो। उनि माथि पिएसजी, युभेन्टस जस्तो क्लबको पनि चासो भएको कुरा रहे पछि आर्सेनलले उनको उनको विकल्पमा रियल म्याड्रिडका इस्को साइन गर्न सक्ने छन्।

रियल म्याड्रिडमा इस्कोले धेरै मौका पाएका छैनन् भने जिदान उनलाई बेच्न तयार हुने खबर छ। इस्को पनि क्लब छोड्न तयार हुने कुरा आउंदा आर्सेनलको नजर उनि माथि रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ