रियलका स्टार फुटबल पछि किकबक्सिंगमा आफ्नो क्यारियर चाहन्छन्

धेरै खेलाडीहरु आफ्नो मुख्य खेलमा मात्र न भएर अन्य खेलहरूमा आफ्नो चासो राख्ने गर्छन।

धेरै फुटबल खेलाडीहरु बास्केटबलमा पनि चासो राख्ने गर्छन भने रियलका स्टार स्ट्राइकर करिम बेन्जेमा फुटबल पछि किकबक्सिंगमा आफ्नो क्यारियर सुरु गर्न चाहन्छन् ।

रियल म्याड्रिडमा रोनाल्डोको प्रस्थान पछि आक्रमणमा बेन्जेमाको मुख्य भूमिका रहेको छ उनले राम्रो गर्दै छन्। तर उनि फुटबल पछि पनि आफ्नो क्यारियर बारे स्पष्ट देखिन्छन।

“म यस्तो खेलबाट रोमाञ्चित हुन्छु, र मलाई तालिम ल्गरना मन पर्छ,” बेन्जेमाले आफ्नो किकबक्सर साथी फाउड इजबीरीलाई युट्यूबमा भने।

“मेरो फुटबल क्यारियर सकिसके पछि, म तपाईंसँग ६ महिनाको लागि किन प्रशिक्षण गर्न सक्छु?

“तेस पछि, यदि तपाईं सोच्नुहुन्छ कि म लडाईको लागि तयार छु भने त्यहाँ कुनै समस्या छैन जहाँसम्म म चिन्तित छु। म भगवानसँग कसम खान्छु, म यसको लागि तयार छु। ”