रियलका लागि हालाण्डको विकल्प लेवान्डोस्की

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडले २० वर्षका युवा स्टार खेलाडी अर्लिङ हालाण्डको विकल्पको रुपमा बायन म्युनिखका ३२ वर्षका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीलाई लिएका छन्। रिपोर्टका अनुसार हालाण्डको मूल्य अत्यन्तै महँगो हुने भएकोले रियल मड्रिड लेवान्डोस्की भित्र्याउने विचारमा छन्।

रिपोर्टका अनुसार पोलिस खेलाडी लेवान्डोस्की भित्र्याउन पि.एस.जि र म्यान्चेस्टर युनाइटेड जस्ता विभिन्न क्लबहरु इच्छुक रहेता पनि लेवान्डोस्कीको भने रियलको जर्सीमा खेल्ने सपना रहेको बताइएको छ। हालाण्ड भित्र्याउन नसकेको खण्डमा भने रियलले उनको यस सपनालाई पुरा गर्न खोज्ने सम्भावना देखिएको छ।
३२ वर्षका पोलिस खेलाडी लेवान्डोस्की सन् २०१४ मा बोरुसिया डोर्टमण्डबाट बायन म्युनिखमा अनुबन्धित भएका थिए। बायनमा अनुबन्धित भए देखि उनले क्लबका लागी ३२९ खेलमा २९४ गोल गरि सकेका छन्।