“रियलका जिदान भन्दा सिटी पेप गार्डियोला उत्कृष्ट छन्”

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार जोआन लापोर्टाले म्यानचेस्टर सिटीका कोच पेप गार्डियोला विश्वमै सबभन्दा उत्कृष्ट रहेको बताएका छन्।

गार्डियोलाले बार्सा संग दुई पटक च्याम्पियन्स लिग जितेका थिए र सो बेला लापोर्टा बार्साका अध्यक्ष रहेका थिए।

“मेरो लागि, गार्डियोला विश्वको सर्वश्रेष्ठ प्रशिक्षक हुन्,” उनले भने।

“जिदान पनि एक महान कोच हुन्, र एक फुटबल खेलाडीको रूपमा उनको इतिहास आफैले बोल्छ। मलाई लाग्छ कि उनीलाई आफ्ना खेलाडीहरूको ख्याल कसरी राख्ने भनेर थाहा छ।

“तर मेरो लागि रियलका जिदान भन्दा सिटी पेप गार्डियोला उत्कृष्ट छन्, पेप संग विशेष जादू छ। “