रियलका कप्तान रामोसले केहि खेलहरु गुमाउने

रियल मड्रिडका कप्तान सर्जियो रामोसले ला लिगा र च्याम्पियन्स लिगको तीन खेल गुमाउने भएका छन् ।

ह्यामस्ट्रिङ इन्जुरी कारण डिफेन्डर रामोसले ३ खेल गुमाउने भएका हुन् । रियलले पनि उनले ह्यामस्ट्रिङ इन्जुरी बोकेको पुष्टि गरेको छ ।

३४ वर्षीय रामोसले नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्धको खेलमा इन्जुरी बोकेका थिए ।

जर्मनीलाई स्पेनले ६-० ले पराजित गरेको खेलको पहिलो हाफमा रामोसले इन्जुरी बोकेका थिए ।

अब रामोसले ला लिगामा भिल्ला रियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने छन् ।

रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

ला लिगामा रियल १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।