रियल म्याड्रिडका कोच जिदानले आफु टोनी क्रुसको कोच हुनु पाएकोमा गर्व व्यक्त गरेका छन्। २०१६ देखि जिदानको लागि मिडफील्डमा जर्मन स्टारले निकै उत्कृष्ट भूमिका खेलेका छन्।
Zidane: “When I retire, I will say that I trained Toni Kroos” pic.twitter.com/Bx8k4wJXDA
— A. (@AxM200) September 1, 2020
“उनलाई सबैले एक शानदार खेलाडीका रूपमा याद गर्ने छन् , उनी आफ्नो स्थानमा विश्वको सर्वश्रेष्ठ मध्ये एक हुन्,” जीदानले रियल फ्रान्सलाई भने।
“जब म आइपुगेँ, तपाईं कल्पना गर्न सक्नुहुन्छ, म यहाँ कोच हुन पाउँदा खुसी थिएँ।
“यो सत्य हो, जब म रिटायर हुन्छु म भन्न सक्दछु कि मैले क्रिस्टियानो [रोनाल्डो], [गैरेथ] बेल, [लुका] मोड्रिक, [सर्जियो] रामोसलाई प्रशिक्षण दिएँको छु। तर म यो पनि भन्न सक्छु कि मैले टोनी क्रुसलाई पनि प्रशिक्षण दिएँको छु।
Zinedine Zidane’s been speaking about Toni Kroos today & I really like this quote: “The ease with which he plays with both feet is fascinating to me.”
Pretty high praise.
— Alex Richards (@AA_Richards) September 1, 2020
“हरेक दिन उनलाई प्रशिक्षणमा हेर्न पाउनु साह्रै प्रभावकारी छ। कति पेशेवर [उनी] छन्। उनीबारे कुरा गर्नु कुनै प्रभावशाली व्यक्तिको बारेमा कुरा गर्नु हो।”